+
+
Shares

भिजिट भिसामा नक्कली उजुरी लिएको आरोपमा रास्वपाले पार्टीभित्रै छानबिन गर्ने

‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको’ भन्दै उनी माथि आरोप लागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १२:२७

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसामा नक्कली उजुरी लिएको भनी आएको आरोप माथि पार्टीभित्रै छानबिन गर्ने भएको छ ।

बिहीबार बिहान बसेको सचिवालय बैठकले नक्कली उजुरी गर्ने कार्यलाई पार्टीले प्रोत्साहन नगर्ने निर्णय लिएको छ । ‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको’ भन्दै उनी माथि आरोप लागेको छ ।

रास्वपाले नक्कली पीडित खडा गरेको संकेत गृहमन्त्री रमेश लेखकले संसदमा गरेका थिए ।

‘पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित श्रृङ्खलाको एक हिस्सा मानेको छ ।

पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन,’ पार्टी निर्णयमा भनिएको छ ।

पार्टीमा आबद्ध कुनै नक्कली उजुरी बनाउन संलग्न भए/नभएको तथ्य पत्ता लगाउन सांसद प्रा.डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिका थप सदस्यमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव बिष्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?