+
+
Shares

लोप हुन लागेको पेसा जगाउँदै बुढीगंगा

नगरपालिकाले २० जना स्थानीयलाई १ महिने माटाको भाँडा बनाउने तालिम दिइरहेको छ । भाँडा बनाउने आवश्यक प्रविधि समेत सहयोग गरेको नगर प्रमुख बानियाँले बताए ।

प्रकाश सिंह प्रकाश सिंह
२०८२ असार ५ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुढीगंगा नगरपालिका-८ का कुमाले जातिले माटोका भाँडा बनाउने परम्परागत पेशालाई पुनर्जीवन दिन तालिम र प्रविधि सहयोग सुरु गरेको छ।
  • नगरपालिकाले २० जना स्थानीयलाई एक महिनाको तालिम र प्रविधि सहयोग प्रदान गरी पेशालाई संरक्षण गर्न लागेको हो।
  • माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको भए पनि नगरपालिका र स्थानीयले यसलाई पुनः प्रवर्द्धन गर्न लागिपरेका छन्।

५ असार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका कुमाले जातिले वर्षौंदेखि गर्दै आएको माटोका भाँडा बनाउने पेसालाई पुनर्जीवन दिन लागिपरेको छ । पेसा संकटमा पर्दै गएपछि बुढीगंगा नगरपालिका तालिम र प्रविधि दिएर पेसा जगाउन लागेको हो ।

बुढीगंगा नगरपालिका- ८ मा बसोबास गर्दै आएका कुमाल जाति माटाका भाडा बनाएर जीविकोपार्जन गर्थे । तर दुई दशकयता यो पेसा नै लोप हुन लागेपछि नगरपालिका संरक्षणमा लागेको बुढीगंगा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बताए ।

नगरपालिकाले २० जना स्थानीयलाई १ महिने माटाको भाँडा बनाउने तालिम दिइरहेको छ । भाँडा बनाउने आवश्यक प्रविधि समेत सहयोग गरेको नगर प्रमुख बानियाँले बताए ।

पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुग्यो । अहिले युवा पुस्ता पुन: यो पेसातिर लाग्न प्रेरित भएको लालबहादुर कुमालले बताए ।

परम्परागत रूपमा गरिँदै आएको माटोका भाँडा बनाउने पेसाबाट जीविकोपार्जन गर्न असहज भएपछि यो काम गर्ने मानिसहरू अन्य पेसामा लागे । माटोका भाँडाले खासै बजार नपाएपछि लोप हुँदै गएको स्थानीय काल्चे कुमालले बताए ।

अर्कोतिर, माटोका भाँडा बनाउने पेसालाई कुनै पनि निकायबाट सहयोग नहुँदा पनि विस्तारै हराउँदै गएको गएको थियो । अहिले नगरपालिकाले सहयोग गर्न सुरु गरेको काल्चेको भनाइ छ ।

प्राय: यो पेशा बाजुरा जिल्लामा कुमाले जातिले मात्र गर्ने गरेको पाइन्छ । माटोको भाँडाको लागि चाहिने बलौटे माटो जहाँसुकै पाइँदैन । परिश्रम धेरै गर्नुपर्ने तर परिश्रमअनुसार फल प्राप्त नहुने यो पेसामा आवद्ध व्यक्तिहरुको भनाइ छ ।

अहिले पालिकाले सिप सकाउनुका साथै उत्पादन गरेका सामान खरिद गरेर बजारीकरण गर्ने जिम्मा लिने जनाएको छ ।

नगरपालिकामा कसैको पेसा-व्यवसाय जोखिम हुन नदिन यहाँ उत्पादन भएका सामान बिक्री गर्ने जिम्मा पालिकाले लिने नगर प्रमुख रामबहादुर बाँनियाले बताए ।

उनीहरूले माटाका भाँडा गड्या, पानी खाने भाँडा, तछला आदि बनाउने गरेका छन् । माटोका भाँडा काज-किरिया र हिन्दू धर्ममा गरिने पूजापाठमा आवश्यक पर्छ ।

खानेपानी राख्न र भात पकाउन पनि माटोका भाँडा प्रयोग हुन्छ । गर्मी याममा माटोका भाँडा प्रयोग धेरैले गर्छन् । माटोका भाँडामा राखेको पानी चिसो हुने भएकोले गाउँमा मात्र नभई शहर बजारमा पनि बिक्री हुने गरेको छ ।

गर्मी महिनामा माटाको घ्याम्पो, भिउँट तथा गाग्रोमा राखिएको पानीको मिठास हुने गरेको छ । भाँडामा राखिएको पानी स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने स्वास्थ्यकर्मी बताउँछन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?