+
+
Shares

क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार होस् : सांसद ज्वाला

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले इजरायल र इरानबीच युद्ध चर्किंदै गएकाले क्षति हुनुअघि नै नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद प्रकाश ज्वालाले प्रतिनिधिसभाको बैठकमा इजरायल र इरानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए।
  • उनीहरूले युद्धको जोखिमका कारण नेपाली कामदार र विद्यार्थीको जीवन रक्षाको लागि कूटनीतिक पहल आवश्यक रहेको बताए।
  • सांसदले युक्रेन–रुस युद्धमा मारिएका र बेपत्ता नेपालीको विवरण पनि प्रस्तुत गरे र अवैध रूपमा सेना भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन आग्रह गरे।

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले इजरायल र इरानमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ज्वालाले इजरायल र इरानबीच युद्ध चर्किंदै गएकाले क्षति हुनुअघि नै नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘इजरायल र इरानबीच युद्ध चर्किएको छ । इजरायलमा केयर गिभर, कृषि फार्ममा काम गर्ने कामदार र विद्यार्थी गरी पाँचदेखि सात हजार नेपाली छन् । इरानमा पनि एक दर्जन जति नेपाली छन्,’ सांसद ज्वालाले भने, ‘उनीहरूको जीवन रक्षाको लागि सरकारले तत्काल कूटनीतिक र अन्य आवश्यक पहल गरोस् ।’

क्षति भएपछि खोजी गर्ने कुराको केही अर्थ नहुने भन्दै उनले यसअघि इजरालयमै हमासको आक्रमणमा नेपालीको मृत्यु भएको प्रसंग स्मरण गरे । ‘क्षति भएपछि खोजी गर्ने कुराको केही अर्थ हुँदैन सभामुख महोदय । यसअघि पनि इजरायलमा मारिएका विद्यार्थीहरूको पीडाको घाउ आलै छ । अहिलेसम्म उद्धार हुन नसकेका बिपिन जोशीको उद्धारका लागि सरकारले अझै पहल गरोस् । बिपिनहरूको नियति अन्य कुनै पनि नेपालीले भोग्नु नपरोस् ।’

उनले युक्रेन–रुस युद्धमा ७३ नेपाली मारिइसकेको, तीन सय बेपत्ता रहेको बताए । यद्यपि रुसी सेनामा भर्ती भएका, मारिएका र बेपत्ता भएकाको यकिन तथ्यांक सरकारसँग पनि नभएको उनको भनाइ छ ।

पछिल्लोपटक मृत्युको पुष्टि भएका नेपाली आफ्नै गृह जिल्ला सल्यानका ताराप्रकाश घर्ती रहेको भन्दै सांसद ज्वालाले सल्यानका सन्तोष विष्टलगायत अहिलेसम्म बेपत्ता रहेको बताए ।

उनले अवैध रूपमा रुसी सेनामा पठाइएका नेपालीलाई कूटनीतिक माध्यमबाट फिर्ता ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?