२६ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता प्रकाश ज्वालाले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रुपमा अहिले एकताबद्ध भएको आफ्नो दल रहने जिकिर गरेका छन् ।
यही कात्तिक १९ गते विभिन्न १० वटा कम्युनिस्ट घटकबीच भएको एकता र आज भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको एकता कम्युनिस्ट आन्दोलनकै मूल प्रवाह भएको दाबी गरे ।
‘१९ गतेको वृहत कार्यक्रम र आजको अर्को वृहत कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीलाई एकता गर्ने काममा माइलस्टोनका रुपमा रहनेछन्,’ ज्वालाले भने, ‘कम्युनिस्ट पार्टीका बीचमा एकताको प्रक्रिया दृढताका साथ अघि बढ्नेछ । नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाहको रुपमा नेपाली कम्युनिस्ट पार्टी रहनेछ ।’
सो क्रममा उनले मदन भण्डारीले भनेको भनाइ स्मरण गरे ।
‘मदन भण्डारीले भन्नुहुन्थ्यो–कुराले चिउरा भिज्दैन भनेर । त्यसैले हामीले वाम एकताका कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्ने कुरा धेरै पहिलादेखि कुरा गर्दै आयौं । कहिले कहिले एकता गर्दा पनि टुटफुट हुँदै आयो,’ ज्वालाले भनेका छन् ।
प्रतिक्रिया 4