
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो अगाडि नबढे विकल्प खोज्नुपर्ने प्रस्ताव राखेका छन्।
- सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै \'होल्ड\'मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए।
- उनले राजधानीको सडकको बेहाल हुनु लाजमर्दो भएको र छिटो काम शुरु हुनुपर्ने स्पष्ट पारे।
२ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो अगाडि बढाउन नसक्ने विकल्प खोज्नुपर्ने प्रस्ताव राखेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताए ।
सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पारे ।
‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सँधै आइरहने तर ठोस रुपमा अगाडि नबढ्ने, यो समस्या हामीले पहिल्येदेखि भोग्दै आएको हो’ उनले भने, ‘खासै काम अगाडि बढेको देखिँदैन । प्रक्रियागत झमेला, ढिलाई, यो असाध्यै झन्झटिलो देखिन्छ ।’
काम शुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उनले आग्रह गरे ।
उनले भने, ‘यसको डिटेल, प्रक्रिया बताए पनि मूल सरोकार यसको ढिलाई किन भयो, छिटो काम शुरु हुनुपर्यो भन्ने हो । टेक्निकल कुरामा जानु परेन । छिटो काम शुरु हुनुपर्यो । अब नहुने हो भने विकल्प खोज्नुपर्यो । होल्डमा मात्रै राख्न भएन ।’
सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताए । उनले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गरे ।
प्रतिक्रिया 4