
News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद प्रकाश ज्वालाले प्रतिनिधिसभाको बैठकमा सरकारका कमजोरी भन्दै १५ बुँदे सूची पेश गरेका छन्।
- सरकारको एक वर्षे कार्यकाल भ्रष्टाचार, घुसखोरी र जनविरोधी काममा बितेको उनको आरोप छ।
- उनले प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेकोमा सरकारको आलोचना गरेका छन्।
- बजेटमा एकलौटी, ब्रह्मलुट, जनविरोधी अध्यादेश, शिक्षा विधेयकमा अवरोध र सहकारी तथा मिटरब्याज पीडितमाथि अन्याय भएको उनको दावी छ।
३१ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नाङ्गो नमुना प्रदर्शन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको एक वर्षे उपलब्धि भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सरकारमाथिको आरोपलाई उनले बुँदागत रूपमै प्रस्तुत गरेका थिए ।
१· प्रधानमन्त्री, मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगरेर सुशासनको नांगो नमुना प्रदर्शन।
२· मन्त्रीहरू भ्रष्टाचार, घुसखोरी र विवादमा मुछिएको विश्व रेकर्ड।
३· भिजिट भिसामार्फत मानव तस्करीमा नेपाल दुनियाँमा बदनाम।
४· भ्रष्टाचारको डिग्री उकालो ।
५· घुसखोरी व्याप्त।
६· सम्पती शुद्धीकरणमा ग्रे लिष्टबाट ब्ल्याक लिस्टतर्फ यात्रा।
७· मल अभावमा किसान समस्यामा।
८· उखु किसानको अनुदान कटौति।
९· दैनिक उपभोग्य सामानमा मूल्यवृद्धि।
१०· बजेटमा एकलौटी र ब्रह्मलुट।
११· सेटिङमा योजना किनबेच।
१२· जनविरोधी अध्यादेशबाट शासन।
१३· शिक्षा विधेयक समितिमा बन्धक।
१४· कुलिङ परियडमा चलखेल।
१५· सहकारी र मिटरब्याज पीडितमाथि अन्याय।
प्रतिक्रिया 4