+
+
Shares

श्रीलंका टापुका किसानलाई अनुदानमा कृषिउपकरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत विद्युतीय मोटर, डेलिभरी पाइप, त्रिपाललगायत सामग्री वितरण गरिएको हो ।

रासस रासस
२०८२ असार ५ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बराहक्षेत्र नगरपालिकाले कृषकलाई अनुदानमा आधुनिक कृषि उपकरण वितरण गरेको छ।
  • कृषकलाई ४३ विद्युतीय मोटर, ६० डेलिभरी पाइप र १५५ त्रिपाल वितरण गरिएको छ।
  • कार्यक्रमले कृषकको उत्पादन र जीवनस्तर सुधार गर्न र निर्यात प्रवर्द्धन गर्न लक्षित छ।

५ असार, धरान । बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक कृषिउपकरण वितरण गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रममार्फत विद्युतीय मोटर, डेलिभरी पाइप, त्रिपाललगायत सामग्री वितरण गरिएको हो ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ ।

नगरको वार्षिक कार्यक्रमअनुसार सूचना जारी गरी कृषकको आवेदन सङ्कलनपछि छनोट गरिएका लाभग्राहीलाई गरैया कृषि सहकारी संस्थाको समन्वयमा आधुनिक कृषि प्रणाली अपनाउन सहयोग पुग्ने अपेक्षासहित ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको उनले बताए ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र एक सय ५५ थान त्रिपाल वितरण गरिएको छ ।

उनले भने, ‘कृषि क्षेत्र नगर विकासको आधारस्तम्भ भएकाले यस्ता कार्यक्रममार्फत कृषकको उत्पादनशीलता र जीवनस्तर सुधार ल्याउने लक्ष्य लिएका छौँ।’

कृषकको श्रमलाई प्रविधिमैत्री बनाउन सकियो भने उत्पादन वृद्धि हुनका साथै उत्पादित कृषिउपजको निर्यात गरी स्थानीयले आयअर्जनसमेत गर्नसक्ने नगरप्रमुख कार्कीले बताए ।

श्रीलङ्का टापुमा मकै, तरकारी, धानलगायत नगदे बालीको उत्पादन प्रशस्त हुने भएकाले वितरण गरिएका उपकरणको सहयोगले किसानको उत्पादन र कार्यशैलीमा सहजता हुने उनले विश्वास व्यक्त गरे । नगरपालिकाले बर्सेनि बीउबिजन र अन्य आवश्यक कृषि सामग्री सतप्रतिशत अनुदानमा वितरण गर्दै आएको उनले बताए ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कट्वाल, कृषि शाखा प्रमुख तुलसा लिम्बु, गरैया कृषि सहकारी संस्थाका अध्यक्ष बद्री राईलगायत स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?