+
+
Shares

८२ दिनपछि रवीन्द्रको स्टाटस- दृढतामा कमी आएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १७:२८

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतबाट सफाइ पाएलगत्तै सामाजिक सञ्जालमा सक्रिय भएका छन् ।

उनले ८२ दिनपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने बताएका छन् ।

‘अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु,’ मिश्रले भनेका छन् ।

साथै, उनले ५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको पनि बताएका छन् ।

‘कम्तिमा ३० वर्षपछिको नेपाललाई मनन गरेर देशको दिर्घकालीन हित र समग्र रूपान्तरणप्रतिको मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन,’ मिश्रले भनेका छन् ।

उनले अदालतले आफूलाई न्याय दिएको भन्दै आभार व्यक्त गरेका छन् ।

‘निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस् । न्यायलय सदा स्वतन्त्र रहोस् – यही कामना गर्दछु,’ उनले भनेका छन् ।

उनले भावी कानुनी संघर्षमा पनि न्यायालयबाट न्याय पाउने आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?