+
+
Shares

आफ्नै खेतीको आलुबाट बनेको फ्रेन्च फ्राइज बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फर्स्ट च्वाइस फुड प्रालिले नेपाली किसानहरूको आलु प्रयोग गरी फ्रेन्च फ्राइज उद्योग सञ्चालन गरेको छ।
  • कम्पनीले ‘हिमालयन क्रिप’ र ‘हाम्रो फ्राई’ नामक फ्रेन्च फ्राइज उत्पादन गरी देश र विदेशमा विक्री गरिरहेको छ।
  • कम्पनीले हालसम्म १९ जिल्लाका किसानबाट २ हजार मेट्रिक टन आलु खरिद गरी निर्यातको तयारी गरिरहेको छ।

काठमाडौँ । फर्स्ट च्वाइस फुड प्रा‍लिले नेपाली किसानहरूले उत्पादन गरेका आलुको प्रयोग गरी फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा ल्याएको छ । उद्योगले ‘हिमालयन क्रिप’ र ‘हाम्रो फ्राई’ बनाएर स्वदेश तथा विदेशमा विक्रीवितरण गरिरहेको छ ।

कम्पनीले रूपन्देहीको शुद्धोधन गाउँपालिका-४ मा उद्योग स्थापना गरेको हो ।

‘किसानको पौरख, हाम्रो गौरव’ भन्ने नारासहित फ्रेन्च फ्राइज उत्पादन गरी बजारमा ल्याइएको छ । फर्स्ट च्वाइस फुड प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेललेका अनुसार हाल देशका १९ जिल्लाका किसानहरूले उत्पादन गरेका आलुबाट फ्रेन्च फ्राइज बनाइँदै आएको छ ।

‘यस वर्षमात्रै हामीले देशभरका किसानबाट २ हजार मेट्रिक टन आलु ल्याएर फ्रेन्च फ्राइज बनाएका छौं’ पौडेलले भने ।

भारतीय बजारमा समेत फ्रेन्च फ्राइज निर्यात गरिरहेको र अन्य देशमा पनि निर्यातको तयारी भइरहेको उनले जानकारी दिए ।

नेपालमा बनेको फ्रेन्च फ्राइज निर्यात गर्न खोज्दा भन्सारमा निकै झमेल झेल्नु परेको अध्यक्ष पौडेलको गुनासो छ ।

कार्यक्रममा फर्स्ट च्वाइस फुड प्रालिकी सेयर होल्डर लक्ष्मी पौडेलले २ अर्ब रुपैयाँभन्दा बढी लागत भएको कम्पनीले धेरैलाई रोजगारी दिएको जानकारी दिइन् ।

‘सुन्दा यो फ्रेन्च फ्राई सानो लागे पनि यसले सयौंलाई रोजगारी दिएको छ’ पौडेलले भनिन्, ‘दुई अर्बभन्दा बढी लगानी भइसकेको छ । अब विदेशी लगानी भित्र्याउने योजनामा छौँ ।’

एफसीएफले तीन प्रजातिका आलुलाई फ्रेन्चफ्राइका लागि छानेको कार्यक्रममा जानकारी दिइयो । जसमा सगिता, इनोभेसन र क्विनटिरा रहेका छन् । यी प्रजातिका आलुमा अन्यको तुलनामा सुगरको मात्रा कम रहेको कम्पनीको दाबी छ ।

कम्पनीले आलु उत्पादन गर्ने किसानहरूलाई बीउ, मल उपलब्ध गराउनुका साथै तालिम लगायतका सहयोग उपलब्ध गराउँदै आएको छ ।

उत्पादन भएको आलु उद्योगले खेतमैबाट खरिद गरेर ल्याउने गरेको छ । चालु वर्षमा मात्र कम्पनीले २ हजार मेट्रिकटन भन्दा बढी आलु किसानबाट खरिद गरेको अध्यक्ष पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?