+
+
Shares

‘माग्ने राजा’को स्टाइलमा ‘माग्ने बुढा’ले सार्वजनिक गरे फिल्मको पोस्टर

भदौ ६ मा प्रदर्शन तय

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘माग्ने राजा’को पोस्टर शुक्रबार प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक गरियो।
  • फिल्म भदौ ६ गतेदेखि प्रदर्शन हुनेछ र कलाकारले पोस्टर अनावरण गरे।
  • निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन्।

काठमाडौं । फिल्म ‘माग्ने राजा’ले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा फस्टलुक सार्वजनिक गरियो ।

जसअनुसार यो फिल्म भदौ ६ गतेदेखि प्रदर्शन हुनेछ । कलाकारले पोस्टर अनावरण गरे । डबलीमा राखिएको कुर्सीमा अभिनेता केदारप्रसाद घिमिरेलार्ई ‘माग्ने राजा’कै अवतारमा कुर्सीमा बसालिएको थियो ।

उनले पहिरिएको पहिरनको रङ र पोस्टरको पहेँले रङले दर्शकलाई ‘माग्ने राजा’को मुडसँग चिनायो । कलाकार वर्षा सिवाकोटी, विल्सनविक्रम राईले पनि पोस्टर अनावरणमा सहभागिता जनाए ।

उक्त अवसरमा केदारसहितका कलाकारले मिडियासँग प्रश्नोत्तर गर्दै आ-आफ्नो चरित्र चित्रणबारे चर्चा गरे । गरिब व्यक्तिको धनी बन्ने महत्वाकाङ्क्षाको कथावस्तुमा बनेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने पटकथा सामीप्य तिमल्सिनाले लेखेका हुन् । निर्माता मुनाल घिमिरे हुन् ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?