
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन २०८१ देखि जेठ २०८२ सम्म ११ महिनामा २ लाख ४९ हजार ५ सय १० मेमोरी कार्ड आयात भएको छ।
- उक्त अवधिमा ३ करोड ४८ लाख ७ हजार रुपैयाँको मेमोरी कार्ड आयात हुँदा ८५ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
- अर्को तर्फ, सोही अवधिमा २१ लाख १६ हजार ८ सय ३६ सिम कार्ड र १० लाख २६ हजार ४ सय ९१ स्मार्ट कार्ड आयात भएका छन्।
६ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा ३ करोड ४८ लाख रुपैयाँ बढीको मेमोरी कार्ड आयात भएको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले साउन २०८१ देखि जेठ २०८२ सम्म ३ करोड ४८ लाख ७ हजार रुपैयाँको २ लाख ४९ हजार ५ सय १० थान मेमोरी कार्ड आयात भएको देखाएको छ ।
उक्त परिमाणमा मेमोरी कार्ड आयात हुँदा ८५ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै सोही अवधिमा ११ करोड ६ लाख १६ हजार रुपैयाँ बराबरको २१ लाख १६ हजार ८ सय ३६ थान सिम कार्ड आयात भएका छन् । उक्त परिमाणमा कार्ड आयात हुँदा सरकारले ८५ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
११ महिनामा ८ करोड ५७ लाख ५० हजार रुपैयाँको १० लाख २६ हजार ४ सय ९१ थान स्मार्ट कार्ड आयात भएको विभागको तथ्यांकले देखाएको छ । स्मार्ट कार्ड आयातकर्ताले सरकारलाई २ करोड ९ लाख ३ हजार रुपैयाँ राजस्व तिरेका छन् ।
प्रतिक्रिया 4