+
+
Shares

एनपीएल २०२५ का लागि सुदूरपश्चिमले रिटेन गर्‍यो यी खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोयल्सले २०२५ को नेपाल प्रिमियर लिगका लागि ६ खेलाडीलाई रिटेन गर्‍यो।
  • टोलीले केही पुराना खेलाडीहरूलाई रिलिज गरी नयाँ योजना ल्याउने संकेत गरेको छ।
  • टोलीले ट्रायल र ड्राफ्टमार्फत नयाँ खेलाडीहरूलाई अवसर दिने तयारी गरेको जनाएको छ।

७ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले ६ खेलाडीहरू रिटेन गरेको छ ।

टोलीले राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा पुनः रिटेन गरेको छ भने उनीसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद पनि रिटेन गरिएका छन्।

यसपटक टोलीले केही पुराना खेलाडीहरूलाई रिलिज गर्दै टिम संरचनामा नयाँ योजना ल्याउने संकेत दिएको छ।

रिलिज गरिएका खेलाडीहरूमा अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्री छन्।

सुदूरपश्चिम रोयल्सले रिलिज भएका सबै खेलाडीहरूलाई योगदानका लागि धन्यवाद दिँदै उनीहरूको सफल भविष्यको शुभकामना व्यक्त गरेको छ।

साथै, टोलीले आगामी ट्रायल र ड्राफ्टमार्फत नयाँ अनुहारहरूलाई अवसर दिने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?