+
+
Shares

ढुक्क भए हुन्छ, ०८४ पछि लुटतन्त्र खारेज गर्छौं : रास्वपा महामन्त्री बुर्लाकोटी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीको मुख्य उद्देश्य नीति परिवर्तन रहेको बताएका छन्।
  • उनले भिजिट भिसा प्रकरणमा भएको भ्रष्टाचारको छानबिन गर्न र लुटतन्त्र विरुद्ध सडकमा आउन आह्वान गरे।
  • ०८४ पछि लुटतन्त्र र भ्रष्टाचार खारेज गर्ने उनको उद्घोष छ।

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कबिन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा माइतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकोले मुख नखोल्नेहरूको छानबिन गरौं भनेर आफ्नो पार्टीले सदनमा आवाज उठाएको उनको भनाइ थियो ।

‘यो पार्टीको मुख्य उद्देश्य यो देशको नीति परिवर्तनका खातिर एउटा राष्ट्रिय नीति सम्मेलन गरौं भन्ने थियो । तर आज देशको राजनीतिमा जे भइरहेको छ, देशमा जुन हिसावको लुटतन्त्र भइरहेको छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘भिजिट भिसा काण्डमा पछिल्लो एउटा समयमा मात्रै चार अर्ब बढी रकम भ्रष्टाचार भएको छ । त्यसैले मुख नखोल्नेहरूको छानबिन गरौं भनेर सदनमा हामीले जुन किसिमको आवाज बुलन्द गरेका छौं, जुन हिसाबको अडान लिएका छौं त्यो अडान त्यस्तो अवस्थामा बन्द कोठाभित्र निजी मन्थन नगरौं ।’

सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उनको भनाइ थियो ।

महामन्त्री बुर्लाकोटीले एउटा रवि लामिछानेले सिध्याउने भयका कारण झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बर्द्धन गर्ने उद्घोष गरे ।

‘सडकमै ऐक्यवद्धता गरौं र अहिलेको लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म लैजाउ भनेर आज सबैलाई सडकमा आउन आह्वान गरेका छौं । एउटा रवि लामिछानेसँग तर्सिएर झुठा मुद्दा लगाई लगाई एउटा अदालत हैन पाँच पाँच वटा अदालत र त्यसपछि सरकार नै लागेर हामीलाई रवि लामिछानेले ठेगान लगाउने भए,’ उनले थप भने, ‘यो देशको लुटतन्त्र र भ्रष्टाचार खारेज गर्ने भए भनेर जसरी उनीहरूलाई डर भएको छ त्यो डर मान्नुपर्दैन । ढुक्क भए हुन्छ २०८४ पछाडि लुटतन्त्र खारेज गर्छौं र सुसंस्कृत राजनीतिलाई सम्बर्द्धन गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?