+
+
Shares

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १९:१६

७ असार, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा निर्वाचन आयोग र सर्वोच्च अदालतमा पार्टीबारे चलिरहेको विवादबारे छलफल भएको छ ।

शनिबारबाट सुरु भएको बैठकमा ती लगायत अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे पनि अध्यक्ष उपेन्द्र यादवले चर्चा गरेका थिए ।

जनता समाजवादी पार्टी, नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी बनेको छ ।

‘आजको बैठकमा निर्वाचन आयोगमा चलिरहेको विवाद, सर्वोच्चमा भइरहेको विवाद र अन्य पार्टीसँगको समन्वय र सहकार्यबारे अध्यक्षज्यूले सामान्य चर्चा गर्नुभयो । बैठक भोलि सकिन्छ,’ प्रवक्ता मनिष सुमनले बताए ।

उनका अनुसार, बैठकमा पार्टीको अधिवेशन सम्पन्न भएका जिल्ला र स्थानीय तहको समीक्षा पनि भएको छ ।

साथै, प्रदेश अधिवेशनका लागि निर्देशिका निकालिएको र निर्देशिकाअनुसार भाद्र मसान्तसम्ममा अधिवेशन सकिने तयारी गरिएको उनले जानकारी दिए ।

‘बैठकमा कार्यकारीणि पदाधिकारीले आआफ्नो जिम्मेवारीको समीक्षा गर्नुभयो । बैठकमा सम्पन्न भएका पार्टीको अधिकांश जिल्ला, वडा, नगरपालिका, गाउँपालिका समितिहरू र शुभेच्छुक संस्थाहरूको अधिवेशनको समीक्षा भयो,’ उनले भने, ‘सातवटै प्रदेशमा अधिवेशन गर्नका लागि निर्देशिका निकालिएको छ । जसमा भाद्र मसान्तसम्मा सबै अधिवेशन सक्नेगरी निर्देशिका निकालिएको हो । त्यसमा पनि छलफल भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?