
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘बतासजस्तै’ नामक म्युजिक भिडियो कोरी क्षेत्रमा खिचिएको हो र युट्युबमा रिलिज भएको छ।
- भिडियोले दर्शकलाई रमणीय हिमाली दृश्य र पर्यटन प्रवर्धनमा योगदान दिने विश्वास गरिएको छ।
- अन्नपूर्ण हिमश्रृंखला र गुरुङ गाउँको दृश्यावलोकनले दर्शकलाई घुम्न प्रेरित गर्न सक्छ।
काठमाडौं । कास्कीको प्रसिद्ध पर्यटकीय थलो कोरीमा छायांकन गरिएको आकर्षक म्युजिक भिडियो ‘बतासजस्तै’ युट्युबमा रिलिज भएको छ ।
मविन्द्र राईको शब्द तथा संगीत रहेको गीतमा सुनिता थेगिमको स्वर छ । ब्याकप्याकर्स फिल्म नेपालले दर्शकमाझ यो गीत ल्याएको हो ।
अन्नपूर्ण हिमश्रृंखला क्षेत्रमा रहेको कोरी क्षेत्र र नजिकको गुरुङ गाउँमा खिचिएको म्युजिक भिडियोले दर्शकलाई रोमाञ्चक तुल्याउन सक्छ । पद्यात्रा र हिमाली दृश्यवलोकनको लागि उत्कृष्ट गन्तव्य रहेको कोरीको पर्यटन प्रवर्धनमा भिडियोले योगदान दिने निर्माताको भनाइ छ ।
भिडियोमा मिसन सिबिरिगो, जुना गुरुङ र नियती गुरुङको अभिनय छ । तपाईंले भिडियो हेर्नुभएको छ भने, त्यसले तपाईंलाई उक्त रमणीय थलोमा घुम्न जान प्रेरित गर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4