
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा सांसद धवलशमशेर राणाले तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताए।
- उनीले घटनाको सबै जिम्मेवारी राज्यले नै लिनुपर्ने र छानविनको माग गरे।
- सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गरे।
८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको बताए । सथै, उनले सो घटनाको सबै जिम्मेवारी राज्यले नै लिनुपर्ने संसद्मा सम्बोधनको क्रममा बताएका छन् ।
सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि बचाउ गरे । प्रसाईं निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतंक भएको जिकिर गरे ।
‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो । दुर्गा प्रसाईंजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन,’ सांसद राणाले भने, ‘राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय त्यसको लागि पनि हामीले छानविनको माग गरेका छौँ । सरकार छानविन गर्न किन डराइरहेको छ ?’
उनले घटनाको निष्पक्ष छानविनका छानविन समिति बनाउन समेत माग गरे ।
प्रतिक्रिया 4