+
+
Shares

धादिङको विद्यालयमा ‘चलचित्र साक्षरता’ कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको सिद्धलेक गाउँपालिकामा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भयो।
  • कार्यक्रममा चलचित्र ‘झिंगेदाउ’ प्रदर्शन र अन्तरक्रिया भए।
  • अधिकारि र कलाकारहरूले दृश्य सञ्चार र समाजमा सकारात्मक प्रभावको महत्व बताए।

काठमाडौँ । विद्यार्थीलाई दृश्यभाषाबारे जानकारी दिने उद्देश्यले धादिङको सिद्धलेक गाउँपालिका २ स्थित नलाङ पात्ले र सिद्धेश्वर माविमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

चोया डिजिटल सोलुसनको आयोजना र सेलिब्रेटी नेपालको व्यवस्थापनमा कार्यक्रम भएको हो । सो अवसरमा फिल्म ‘झिंगेदाउ’ प्रदर्शन गरियो ।

कार्यक्रममा दुई विद्यालयका शिक्षक तथा विद्यार्थी गरि ५३० जना सहभागी थिए । कार्यक्रममा चलचित्र विकास बोर्ड, संचार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश र सिद्धलेक गाउँपालिकाको सहकार्य थियो ।

चलचित्र प्रदर्शनपछि विद्यार्थीसँग अन्तरक्रिया पनि गरिएको थियो । कार्यक्रममा अभिनेता मुकुन भुसाल, निर्देशक ज्ञानेन्द्र देउजा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, दृश्य सम्पादक मित्र गुरुङ लगायत सहभागी थिए ।

आयोजक संस्थाका अध्यक्ष राजकुमार सिलवालले चलचित्र साक्षरताको अभियानले विद्यार्थीमा दृश्य सञ्चारप्रति रुचि बढाउने विश्वास व्यक्त गर्दै ग्रामीण क्षेत्रमा यस्तो कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गरे ।

वडाअध्यक्ष सागर गुरुङले चलचित्र शिक्षाले बालबालिकामा सामाजिक चेतना, नैतिक शिक्षा र सिर्जनात्मक सोच विकासमा टेवा पुर्‍याउने बताए ।

अभिनेता भुसालले भने, ‘हामी कलाकारको योगदान मात्र पर्दामा सीमित हुँदैन, समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा पनि हामी जिम्मेवार छौं ।’

कार्यक्रममा नलाङ पात्ले माविका प्रधानाध्यापक रमेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबु श्रेष्ठ, सिद्देश्वर माविका सहायक प्रधानाध्यापक राजन कार्कीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?