+
+
Shares

गोल्छा ग्रिन इनर्जी र भारतको केएसएल क्लिनटेकबीच रणनीतिक साझेदारी

केएसएलले भारतमा लगभग ४ सय सौर्य आयोजनाको सफल कार्यान्वयन गरिसकेको छ । उक्त कम्पनीले सानादेखि बहुमेगावाट क्षमताका फोटोभेल्टिक सौर्य आयोजना डिजाइन, निर्माण र सञ्चालन गर्ने विशेषज्ञता हासिल गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १८:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोल्छा ग्रिन इनर्जीले भारतको केएसएल क्लिनटेकसँग रणनीतिक साझेदारी गरेको छ।
  • सहकार्यले नेपालको सौर्य ऊर्जा प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।
  • कम्पनीले सौर्य प्यानल आयात गरी उद्योगमा जडान गर्ने र ऊर्जा समस्या समाधान गर्ने योजना बनाएको छ।

काठमाडौं । औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको गोल्छा ग्रिन इनर्जी प्रालिले भारतको सौर्य ऊर्जा कम्पनी केएसएल क्लिनटेक लिमिटेडसँग रणनीतिक साझेदारी गरेको छ ।

केएसएलले भारतमा लगभग ४ सय सौर्य आयोजनाको सफल कार्यान्वयन गरिसकेको छ । उक्त कम्पनीले सानादेखि बहुमेगावाट क्षमताका फोटोभेल्टिक सौर्य आयोजना डिजाइन, निर्माण र सञ्चालन गर्ने विशेषज्ञता हासिल गरेको छ ।

नेपालमा सौर्य ऊर्जा विस्तारका लागि सहकार्यको औपचारिक घोषणा तथा प्रविधि आदान–प्रदान सम्बन्धी कार्यक्रम ६ असारमा काठमाडौंमा भएको छ । दुई कम्पनीबीचको सहकार्यले नेपालको नवीकरणीय सौर्य ऊर्जा प्रवर्द्धनमा नयाँ आयाम थपिने विश्वास लिइएको छ ।

गोल्छा ग्रिन इनर्जीले सौर्य ऊर्जाका लागि आवश्यक विभिन्न प्रकार र क्षमताका सोलार प्यानल आयात गरी औद्योगिक क्षेत्रमा जडान गरी विद्युत् ऊर्जासम्बन्धी समस्या समाधान गर्न पहल गरिरहेको जनाएको छ ।

औद्योगिक क्षेत्रमा हुने लोडसेडिङ समस्या केही हदसम्म न्यूनीकरण गरी उत्पादन लागत समेत कम गराउने उद्देश्यले कम्पनीले सौर्य ऊर्जा क्षेत्रमा आवश्यक सहकार्य गर्ने जमर्को गरेको हो । ‘इनोभेसन द्याट सस्टेन्स’ भन्ने मूलमन्त्र साथ गोल्छा ग्रिन इनर्जीले घर, उद्योग र विभिन्न संघसंस्थालाई स्वच्छ, भरपर्दो र आधुनिक ऊर्जा समाधान लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?