+
+
Shares

धनगढीमा मृत भेटिएकी युवतीको हत्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १०:३६

९ असार, धनगढी । धनगढीमा बन्द कोठमा मृत भेटिएकी युवतीको हत्या भएको प्रहरीले आशंका गरेको छ ।

धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा फेला परेको थियो । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी हुन् ।

कोठा भाडामा बस्दै आएकी चौधरी बाहिरबाट ताल्चा लगाएको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको आशंका छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?