+
+
Shares

रास्वपा र राप्रपाले गरे मन्त्रीहरूको जवाफ बहिष्कार

सोमबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते ११:५४

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । यस्तोमा रास्वपाका सांसदहरूले वेलमा बसेर विरोध गर्दै आएका थिए ।

सोमबार मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

राप्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए ।

सभाबाट बाहिरिनु अगाडि रास्वपाका सांसद शिव नेपालीले जनताको कुरा उठाउनु आफूहरुको अपराध नरहेको बताए । बरु भिजिट भिसाको नाममा युवालाई विदेशमा बेच्नु घोर अमानवीय कार्य हो । यस्तो गम्भीर अपराधमा सरकार मौन रहेको बताए ।

‘अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ’, सांसद नेपालीको प्रश्न छ, ‘यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूला दलको सरकार किन मौन छ ? यो सरकारको अपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन ?’

आफूहरु कुनै दल वा नेताको विरोधमा नरहेको भन्दै उनले मानव तस्करी, कुशासन र भ्रष्टाचार विरुद्ध अभियानमा रहेको बताए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको आग्रह छ । यो प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय न्यायीक छानबिन समिति गठन हुनुपर्ने उनको अडान छ ।

आफूहरुको माग सुनुवाइ नभएको भनेर उनले मन्त्रीको जवाफ नसुन्ने उद्घोष गरे । त्यसपछि सांसदहरू सभाकक्षबाट बाहिरिए ।

तस्वीर : चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?