+
+
Shares

इभा गिरीले साइन् गरेको फिल्म कुन हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इभा गिरीले नयाँ फिल्ममा अभिनय गर्ने चर्चा भए पनि उनले आधिकारिक घोषणा गर्न बाँकी रहेको बताइन्।
  • उनले आफूले केही दिनअघि एक फिल्म साइन गरेको र अर्को फिल्मको चर्चा भइरहेको बताए।
  • पन्तले निर्देशन गर्न लागेको फिल्मसँग कुरा मात्र भएको र निधो नभएको जानकारी दिए।

काठमाडौं । ‘कन्टेन्ट क्रिएटर’ इभा गिरीले नयाँ फिल्ममा अभिनय गर्ने चर्चा यतिबेला छ । सोमबार अनलाइनखबरसँग कुरा गर्दै उनले आफूले केही दिनअघि एक फिल्म साइन् गरेको र घोषणा हुन बाँकी रहेको बताइन् ।

चर्चामा रहेजस्तो चन्द्र पन्तले निर्देशन गर्ने ‘आबाट आमा’सहितका दुई फिल्ममा अभिनय गर्ने कुरा निश्चित नभएको उनले बताइन् । ‘चन्द्र पन्तका दुई फिल्म होइन, अर्को एक फिल्म साइन गरेकी छु । यसको घोषणा चाँडै हुनेछ । मलाई यसबारे धेरै भन्न अनुमति छैन’ उनले भनिन् ।

पन्तले निर्देशन गर्न लागेको फिल्मसँग कुरा मात्र भएको तर निधो नभएको इभाको भनाइ छ । पन्तले पनि फिल्ममा इभासँग सहमति नभैसकेको कुरा न्यूयोर्कबाट बताए ।

इभाले गतसाता प्रसारित ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा आफूले फिल्ममा डेब्यु गर्न लागेको कुरा बताएकी थिइन् । इभा पछिल्लो समयकी चर्चित टिकटकर तथा कन्टेन्ट क्रिएटर हुन् ।

उनले ‘नमेटिने घाउ’बाट फिल्ममा डेब्यु गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?