
१० असार, काठमाडौं । इरानले इजरायलले आक्रमण रोके आफूले पनि आक्रमण नगर्ने बताएको छ । इरानका विदेशमन्त्री सेयद अब्बास अरघचीले सामाजिक सञ्जाल एक्समार्फत् यो कुरा बताएका हुन् ।
‘यदि इजरायलले अहिले नै अवैध आक्रमण रोक्ने हो भने, इरानले पनि थप प्रतिक्रिया दिने कुनै योजना बनाएको छैन,’ उनले भनेका छन् ।
उनले इजरायली आक्रमणको प्रतिक्रियास्वरूप भएको सैन्य कारबाही बिहान ४ बजेसम्म जारी रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘म सबै इरानीहरूसँगै हाम्रो वीर सशस्त्र बलप्रति आभार व्यक्त गर्दछु, जसले आफ्नो अन्तिम थोपा रगत रहेसम्म देशको रक्षा गर्न तत्पर रहेर शक्रुको हरेक आत्रमणको अन्तिम क्षणसम्म जवाफ दिएका छन् ।’
त्यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेजस्तो युद्धविरामको कुनै पनि सम्झौता नभएको बताउँदै त्यसबारे पछि निर्णय गरिने उल्लेख गरेका थिए ।
The military operations of our powerful Armed Forces to punish Israel for its aggression continued until the very last minute, at 4am.
Together with all Iranians, I thank our brave Armed Forces who remain ready to defend our dear country until their last drop of blood, and who…
— Seyed Abbas Araghchi (@araghchi) June 24, 2025
यसैबीच समाचार एजेन्सी रोयटर्सले इरानी अधिकारीले युद्धविराममा सहमति जनाएको पुष्टि भएको उल्लेख गरेको छ । तर ती अधिकारी को हुन् भन्ने खुलाएको छैन ।
इजरायललाई भने पहिल्यै ट्रम्पले युद्धविराममा सहमति गराएको पनि समाचारमा उल्लेख छ । यद्यपि इरानले थप आक्रमण गरेन भने मात्रै युद्धविराम लागु हुने सर्त इजरायलले राखेको रोयटर्सको समाचारमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धविराम ‘क्रमिक रूपमा सुरु हुने’ बताएका छन् । उनका अनुसार दुवै पक्षले हाल सन्चालनमा रहेका कुनै पनि ‘सैन्य मिशन’ पूरा गर्न पाउने समय हुनेछ, त्यसपछि मात्रै पूर्ण युद्धविराम लागू हुनेछ ।
‘कतारको निर्णायक भूमिका’
यसैबीच कतारको दोहास्थित अमेरिकी सैन्य अड्डा अल उदिद माथिको इरानी मिसाइल आक्रमणपछिको तनावलाई साम्य पार्न कतारले निर्णायक भूमिका खेलेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।
रिपोर्टअनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानसँग प्रत्यक्ष सम्पर्क गरी युद्धविराम गर्न भनेका थिए ।
यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका अमिर शेख तमीम बिन हमाद अल थानीलाई इजरायल युद्धविरामका लागि राजी भइसकेको जानकारी दिएका थिए ।
यसरी, इरान र इजरायल दुबैबाट सहमति जुटाउन सफल कतारले पछिल्लो संकट साम्य पार्न कूटनीतिक सफलता हात पारेको दोहा टाइम्स अनलाइनले उल्लेख गरेको छ ।
कतार यसअघि पनि गाजा युद्धविरामका लागि हमास र इजरायलबीच मध्यस्थता गरिरहेको थियो । पछिल्ला घटनाक्रमले कतारको क्षेत्रीय शान्ति स्थापनामा भूमिकालाई थफ सशक्त बनाएको विश्लेषण गरिएको छ ।
इजरायलले जुन १३ मा इरानमा आत्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । यही बेला अमेरिकाले समेत इरानका तीन प्रमुख परमाणु केन्द्रमा आक्रमण गरेपछि तनाव चर्किएको थियो । आफ्ना पमारणु केन्द्रमा आक्रमण भएको बदलास्वरुप इरानले कतारको दोहोस्थित अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण गरेको थियो ।
तीमध्ये अधिकांशलाई निस्तेज पारिएको र मिसाइलको एउटा टुक्रा अमेरिकी सैन्य अड्डाभित्र खसेको दोहा टाइम्सले जनाएको छ । तर त्यसबाट मानवीय क्षति नभएको कतार सरकारका अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया 4