
१० असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भौगोलिक तथा प्रादेशिक सन्तुलन मिलाउने प्रयास बजेटमा गरिएको बताएका छन् ।
सांसदहरूले केही जिल्लामा मात्र अधिक बजेट गएको गुनासो गरेका थिए । यसबारे संसद्मा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विभागीय मन्त्रालयबाट आएका प्रस्तावमा अर्थले बजेट विनियोजन गर्ने काममात्र गरेको दाबी गरे ।
यस वर्ष एलएमबीआईएसमा इन्ट्री गर्नुपर्ने प्रावधान कडाइसाथ लागु गरिएको उनको भनाइ छ ।
एलएमबीआईएसमा नभएका आयोजनामा कानुनको निर्णयपछि मात्र बजेट राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4