
News Summary
Generated by OK AI. Editorially reviewed.- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उखु किसानका लागि बजेट विनियोजन भएको बताए।
- उहाँले अनुदानको लागि एकीकृत राष्ट्रिय अनुदान नीति आवश्यक रहेको र यसबाट अनुदानको मोडेल निर्धारण हुने बताए।
- सरकारले अनुदान कार्यक्रमलाई प्रभावकारी बनाउन यस नीति प्रयोग गर्ने सोच राखेको उनले बताए।
१० असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उखु किसानका लागि बजेट विनियोजन भएको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले उखु किसानलाई दिइने अनुदानका लागि बजेट विनियोजन गरिएको तर अनुदानका सन्दर्भमा एकीकृत राष्ट्रिय अनुदान नीतिको आवश्यकता भएको बताए ।
‘राष्ट्रिय योजना आयोगबाट तर्जुमा हुने एकीकृत राष्ट्रिय अनुदान नीति अनुरूप अनुदानको मोडेल सीमा र वितरण निर्धारण गरिने छ,’ उनले भने, ‘हामीले विभिन्न प्रकृतिका अनुदानलाई सोही अन्तर्गत रहेर वितरण गर्नेछौं ।’
उनले एकीकृत राष्ट्रिय अनुदान नीति महत्त्वपूर्ण विषय भएको र यो अनुदान नीतिबाट नै अनुदानका कार्यक्रमलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्छ भन्ने सरकारको सोच रहेको बताए ।
प्रतिक्रिया 4