
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका सहायक रथी गौरवकुमार केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
- केसीलाई सेनाको पूर्वी पृतना प्रमुखको जिम्मेवारी र सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको थियो।
- उनी २०४७ सालमा नेपाली सेनाको अफिसर क्याडेटबाट सैनिक सेवामा प्रवेश गरेका थिए।
१० असार, काठमाडौं । नेपाली सेनाका सहायक रथी गौरवकुमार केसीको उपरथीमा बढुवा भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
केसीलाई सैनिक मुख्यालयले जंगीअड्डाले केही समयअघि सेनाको पूर्वी पृतना प्रमुखको जिम्मेवारी दिएको थियो । यो जिम्मेवारी पाउनुअघि उनी नेपाली सेनाको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयमा समेत प्रमुख थिए ।
उनी २०४७ सालमा नेपाली सेनाको अफिसर क्याडेटबाट सैनिक सेवामा प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4