+
+
Shares

दृष्टिका प्रकाशक शम्भु श्रेष्ठलाई तीन दिनभित्र उपस्थित गराउन विशेष अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले दृष्टि साप्ताहिकका प्रकाशक शम्भु श्रेष्ठलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ।
  • अदालतले अवहेलना सम्बन्धी प्रतिवेदनमाथि छलफल गरी समाचारलाई यथास्थितिमा राख्न र मुद्दालाई फौजदारी लगतमा समावेश गर्न आदेश दिएको हो।
  • ६ जना न्यायाधीशको इजलासले अवहेलना मुद्दामा प्रतिवेदन पेश भएको थियो।

१० असार, काठमाडौं । विशेष अदालतको बृहत इजलासले दृष्टि साप्ताहिकका प्रकाशक शम्भु श्रेष्ठ लगायतलाई बयानका लागि तीन दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले अदालतको अवहेलना सम्वन्धी प्रतिवेदनमाथिको छलफलपछि दृष्टिका संस्थापक श्रेष्ठसहित कार्यकारी सम्पादक एमपी सुब्बालाई उपस्थित हुन आदेश दिएको हो ।

विशेष अदालतले अवहेलना आकर्षित हुने गरी प्रकाशित भएको भनिएको समाचारमा कुनै परिमार्जन नगरी यथास्थितिमा राख्न पनि आदेश दिएको छ । यस्तै अवहेलनाको मुद्दालाई फौजदारी लगतमा समावेश गर्न आदेश दिएको छ । फौजदारी लगतमा परेको अवहेलना मुद्दामा आरोपितहरुलाई अदालतमा उपस्थित नै गराएर बयान लिइन्छ ।

विशेष अदालतका ६ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेका थिए । त्यही प्रतिवेदनमाथि सुनुवाइ गर्न ६ जना न्यायाधीश सम्मिलित इजलास गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?