१० असार, काठमाडौं । वर्ल्ड ब्लाइन्ड आइडलमा नेपालका चिरञ्जीवी पौडेल छनोट भएका छन् ।
सीइङ ह्यान्ड्स नेपालका संस्थापक समेत रहेका दृष्टिविहिन पौडेले पोल्यान्डको शाँसा– चान्स फर दी ब्लाइन्ड फाउन्डेसनको आयोजनामा हुँदै आएको वर्ल्ड ब्लाइन्ड आइडल–२०२५ को विश्वभरबाट हुने छनोटमा परेका हुन् ।
पौडेलले दृष्टिविहिनहरुको सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएका छन् । दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई सीप विकास तथा रोजगारका अवसर सृजना गर्दै आएका पौडेलले प्रतियोगितामा भोट गरिदिन अपिल गरेका छन् ।
शाँसा चान्स फाउन्डेसनको वेबसाइटमा गएर पौडेललाई भोट गर्न सकिने सीइङ ह्यान्ड्स नेपालले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4