
News Summary
Generated by OK AI. Editorially reviewed.- यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन्।
- उनीहरूले सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको प्रहरीले जनाएको छ।
- पक्राउ परेकाविरुद्ध अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान जारी छ।
११ असार, काठमाडौं । यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने २९ वर्षीय विकास तामाङ, मकवानपुरका २५ वर्षीय सुशील अधिकारी, सर्लाहीका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरकै १९ वर्षीय छिरिङ लो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखाका २४ वर्षीय राजीव खत्री छन् ।
उनीहरूले चन्द्रागिरी गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।
पक्राउ परेकाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4