+
+
Shares

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ४८ करोड राजस्व संकलन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यातायात व्यवस्था कार्यालय, धनगढीले आर्थिक वर्ष २०८२/८३ मा हालसम्म रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ।
  • सवारीसाधन करबाट रु ३७ करोड ८३ लाख र व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख राजस्व संकलन भएको छ।
  • चालक अनुमतिपत्र, सवारी दर्ता किताब दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र प्रमाणीकरणबाट रु ९ करोड ३५ लाख ८२ हजार राजस्व संकलन भएको छ।

६ चैत, कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ ।

विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख राजस्व संकलन भएको छ ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट ईजाजत) बाट रु ८८ लाख २६ हजार राजस्व संकलन भएको छ ।

यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२  मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार राजस्व संकलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?