+
+
Shares

टिजरमा हेर्नूस नेहा कक्कर र एकदेव लिम्बुको नेपाली र हिन्दी सहकार्य ‘झिम झिम’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेहा कक्करसँग एकदेव लिम्बुको सहकार्य रहेको ‘झिम झिम’ गीतको टिजर भिडियो सार्वजनिक भयो।
  • भिडियोमा ऋत्भिक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेकाछन् र २७ मा भिडियो रिलिज हुनेछ।
  • गीतको नेपाली संस्करणमा दिकिला शेर्पाले समेत अभिनय गरेकी छन् र यो गीत ग्लोबल ट्रेन्डिङमा समावेश भएको थियो।

काठमाडौं । बलिउड गायिका नेहा कक्करसँग नेपाली गायक एकदेव लिम्बुको सहकार्य रहेको हिन्दी संस्करणको गीत ‘झिम झिम’को रोमान्टिक टिजर भिडियो सार्वजनिक भएको छ ।

४० सेकेन्डको टिजरमा हिन्दी र नेपाली गीतको मिश्रण छ । नेहाले हिन्दीमा गाएकी छन् भने एकदेवले नेपाली संस्करण ‘झिमझिमाउने आँखा’लाई नेपालीमै गाएका छन् ।

हिन्दी र नेपालीको ‘म्यासअप’ले दुई भाषा, दुई कलाकारलाई जोडेको रुपमा बुझ्न सकिन्छ । गीतको भिडियोमा ऋत्भिक साहोर र प्रिया प्रकाश वारिअरले अभिनय गरेका छन् ।

भव्य महलमा भैरहेको विवाहको सेटिङमा भिडिया छायांकन गरिएको छ । जुन २७ मा यो गीतको भिडियो आउनेछ । ‘झिमझिमाउने आँखा’ लिम्बुको ग्लोबल हिट गीत हो जुन युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा समावेश भएको थियो ।

यो गीत स्पोटीफाईमा भारतका ५० भाइरल गीतको सूचीमा थियो । यो गीतको नेपाली संस्करणको भिडियोमा एमटिभी स्प्लिट्सभिल्लाकी प्रतियोगी तथा कलाकार दिकिला शेर्पाले समेत अभिनय गरेकी थिइन् ।

हिन्दी भिडियोमा भने भारतीय कलाकारलाई चित्रण गरिएको देख्न सकिन्छ । एकदेव नेपालको युवापुस्तामा रुचाइएका नेपाली गायक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?