+
+
Shares

प्रधानमन्त्री ओलीले दिए जोन राईलाई नयाँ गीतको लागि बधाई

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले गायक जोन राईलाई नयाँ गीत ‘पर्खी रहेछु’को लागि बधाई दिए।
  • गायक राईले सामाजिक संजालमार्फत प्रधानमन्त्रीसँगको भेटको तस्वीर र बधाई सन्देश साझा गरे।
  • जोन राईको नयाँ गीत मंगलबारदेखि युट्युब र स्पोटीफाईमा रिलिज भएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्तामा निकै रुचाइएका गायक जोन राईलाई उनको नयाँ गीत ‘पर्खी रहेछु’को लागि बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गायक राईले ओलीलाई नयाँ गीतबारे जानकारी दिएका थिए । उनले प्रधानमन्त्रीसँगको भेटको तस्वीरसहित प्रशंसकलाई सामाजिक संजालबाट यसबारे जानकारी गराएका छन् ।

‘केपी बा : पर्खिरहेको छुको लागि बधाई छ’ गायक राईले लेखेका छन् ।

जोनको उक्त नयाँ गीत युट्युब, स्पोटीफाई लगायतका प्लाटफर्ममा मंगलबारदेखि रिलिज भएको छ ।

सन् २०२० मा आफ्नो स्व-लिखित एकल गीत ‘प्रश्न’बाट सांगीतिक करिअर थालेका थिए । त्यसपछि सन् २०२२ मा ‘पर्खि रहेछु’, ‘को छ र’ र टिकटकमा भाइरल बनेको ‘साधना’जस्ता मर्मस्पर्शी गीत रिलिज भए ।

सन् २०२३ मा, उनले ‘हावाजस्तै’ र ‘समयले’ रिलिज गरे । ‘हावाजस्तै’ले द्रुत गतिमा लाखौं भ्यूज प्राप्त गर्‍यो । राईले प्रायः संगीत भिडियोहरू आफ्नै आइफोनमा रेकर्ड गर्छन् ।

अहिले उनी ‘जोन एण्ड द लोकल्स’ ब्याण्डका मुख्य गायक र किबोर्ड वादक हुन्, साथै श्रीहाङ राई (गितार), मनुहाङ राई (बास), ज्यास्पर राई (ड्रम) र सुदर्शन थापा (पर्कसन) पनि यसमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?