+
+
Shares

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

रासस रासस
२०८२ असार ११ गते २१:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ५८ नेपाली युवालाई नेपाल प्रहरी, नेपाली दूतावास र भारतीय प्रहरीको सहयोगले उद्धार गरी नेपाल ल्याइएको छ।
  • उद्धार गरिएका युवालाई सीमा नाका गड्डाचौकीबाट घर पठाउने व्यवस्था मिलाइएको छ र अनुसन्धान जारी छ।
  • सुदूरपश्चिमका युवालाई आजै घर जाने व्यवस्था गरिएको छ भने अन्य जिल्लाका युवालाई बस्ने व्यवस्था गरिएको छ।

११ असार, कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्‍याएर बन्धक बनाइएका ५८ नेपाली युवाको आज उद्धार गरी ल्याइएको छ ।

भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा ३२ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी ल्याइएको हो ।

नागरिक संस्था किन नेपाल/किन इण्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि भारतस्थित नेपाली दूतावासको सहयोगमा विभिन्न सङ्घ संस्था र प्रहरीले उद्धार गरेको उनले बताए ।

उद्धार गरेका युवालाई बसमार्फत सीमा नाका गड्डाचौकी पुर्‍याइएको थियो । रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धानको कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए ।

सुदूरपश्चिमका युवालाई आजै घर जाने व्यवस्था मिलाइएको छ भने अन्य जिल्लाका युवालाई बस्नका लागि प्रबन्ध गरिएको छ । उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना रहेका छन् भने अन्य चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी ४६ जना रहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?