
News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी देवीले ‘द मिसेस नेसनल ग्राण्ड’को उपाधि जितिन् र मोस्ट फोटोजेनिकको पुरस्कार पनि प्राप्त गरिन्।
- प्रतियोगितामा जुनु कार्की र अनिता खड्काले क्रमशः ‘द मिसेस नेसनल प्लाटिना’ र ‘द मिसेस नेसनल’ क्लासिकको टाइटल जितिन्।
- कार्यक्रमको मुख्य उद्देश्य विवाहित महिलालाई घरको चार भित्ताबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्नु थियो।
काठमाडौं । विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेसनल ग्राण्ड’को उपाधि लक्ष्मी देवीले जितेकी छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि जितेकी हुन् । यससँगै उनले मोस्ट फोटोजेनिकको सहविधा पनि जितिन् ।
रानी खरेलको कोरियोग्राफीमा सम्पन्न तेस्रो संस्करणको प्रतियोगितामा जुनु कार्कीले ‘द मिसेस नेसनल प्लाटिना’ र अनिता खड्काले ‘द मिसेस नेसनल’ क्लासिकको ताज चुम्न सफल भए । प्रतियोगितामा जुनु कार्की मोस्ट ट्यालेन्टेट र मोस्ट पपुलर सहविधाको विजेता घोषित भइन् । अनिता खड्काले मोस्ट इन्टिलिजेन्ट र भ्युअर्स च्वाईसको उपाधि जितिन् ।
प्रतियोगितामा सरिता वाइवा मोस्ट ग्रेसफुल, रोशनी झा मोस्ट एलिगेन्ट, सरिता खड्का बेस्ट वाक, रीता गामी टाइमलेस ब्युटी, लक्ष्मी सुवाल मोस्ट कन्फिडेन्ट, नीलम श्रेष्ठ बेस्ट स्माइल, श्वेता भुषाल मोस्ट एक्टिभ, सरस्वती रावत बेस्ट फिगर घोषित भए ।
विजया श्रेष्ठ मोस्ट फ्रेन्डली, राधिका सिलवाल मोस्ट डिसिप्लन, सिर्जना विष्ट मोस्ट करिस्म्याटिक, रोजी कायस्थ वेस्ट लिडरसिप, अस्मिता बजगाईं मोस्ट क्रियटिभ, सविता परियार मस्ट स्टाइलिस, रीना कुशवाह मस्ट इन्सिपाइरिङ, बुनु विष्ट बेस्ट पर्सनालिटी र आरती महतो मिसेस फेसनिस्टा विजेता घोषित भए ।
समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमूख आतिथ्यतामा सम्पन्न निर्णायकमा अभिनत्रेी गौरी मल्ल, फिल्म निर्देशक तथा अभिनेता मनिष राउत, कलाकार दीपक कोइराला, एभरेस्ट फिल्म एकेडेमीका निर्देशक विशाल श्रेष्ठ र समाजसेवी नानु सिंह निर्णायक थिए ।
आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलालाई घरको चार घेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।
प्रतिक्रिया 4