+
+
Shares

कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १४:३९
Photo Credit : News Agency nepal

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली कामदारको योगदानलाई कदर गर्नुपर्ने बताए।
  • उनले नेपाली श्रमिकले विदेशको सीप र अनुभवलाई नेपालमा प्रयोग गर्नुपर्ने र द्विपक्षीय सम्झौता भइरहेको जानकारी दिए।
  • मन्त्री भण्डारीले सुरक्षित आप्रवासन र श्रम सम्झौताका लागि सरकार कार्यरत रहेको बताए।

१२ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाले विकासमा मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान गरेको बताएका छन् ।

ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालीहरू विभिन्न देशमा गएर काम गरिरहेको र ती देशहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका हुन् । ‘छोटो समयमा नै कोरियाले फड्को मारेको छ, त्यसमा नेपाली कामदारहरूको समेत योगदान छ,’ उनले भने, ‘ती देशहरूले नेपालीको योगदानलाई कदर गर्नुपर्छ ।’

गन्तव्य मुलुकहरूले नेपाली कामदारलाई उपयुक्त सेवासुविधा दिनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । ‘हाम्रा श्रमिकले आफ्नो रगत, पसिना बगाएर काम गरिरहेका छन् । तर त्यो कामले गर्दा उनीहरुको मुलुकमा आर्थिक उन्नति, समृद्धि र विकास भइरहेको छ । त्यो विकासको साझेदार हामी पनि र्हौं । त्यस कारण हाम्रा श्रमिकहरु सम्मानका पात्र हुनुपर्छ । सुरक्षित आप्रवासनको व्यवस्था हुनुपर्छ । त्यो मुलुकले पाएका नागरिक सरह सेवा, सुविधा, पारिश्रमिक हुनुपर्छ ।’

मन्त्री भण्डारीले कोरियाली सीप, प्रविधि, अनुभवलाई नेपालले अनुशरण गर्नुपर्ने बताए । नेपाली श्रमिकले पनि नेपालमा फर्किसकेपछि विदेशको सीप, पुँजी, अनुभवलाई परिचालन गरी राष्ट्र समृद्ध बनाउन लाग्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री भण्डारीकाअनुसार अहिले सरकारले विभिन्न देशसँग द्विपक्षीय श्रम सम्झौता गरिरहेको छ । अन्तरर्राष्ट्रिय फोरमहरूमा समेत सरकारले समान व्यवहारका लागि कुरा उठाइरहेको बताउँदै उनले नेपालीले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चित गरिने बताए ।

मन्त्री भण्डारीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संरचना समेत विगतमा वैदेशिक रोजगार सम्बद्ध रहेकोमा अहिले त्यसको पुनःसंरचना गरेर अघि बढिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?