
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा बैठक अघि परामर्श तथा समन्वय उपसमितिको बैठक बसेको थियो।
- विधेयकमा मुख्य विवादित विषय निजी विद्यालयको व्यवस्थापन र सञ्चालन र ईसीडीमा सहमति जुट्न बाँकी छ।
- विधेयक पारित भएपछि यसले संसद र राष्ट्रपतिबाट स्वीकृति प्राप्त गरी ऐन बन्ने प्रक्रिया पूरा हुन्छ।
१२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ ।
समिति बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसेको थियो ।
विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति जुटाउन बिहान ८ बजेदेखि लगातार उपसमितिको बैठक बसेको थियो ।
विधेयकमा मुख्यत: निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीमा सहमति जुट्न बाँकी छ ।
समितिले भोलि (असार १३) सम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ । समितिका सभापति अम्मरबहादुर थापाले दिएको जानकारी अनुसार, विधेयकमा बाँकी रहेका केही विषय आज र भोलि बैठक बसेर सक्ने तयारी छ ।
बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको थियो । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।
समिति सदस्यहरूको एक मत भएमा अब छलफल धेरै विषय बाँकी छैनन् । अब समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ ।
त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय प्रकिया पूरा गरेर अगाडि बढ्छ ।
राष्ट्रिय सभाबाट पास भएपछि पुन: प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रुपान्तरित हुन्छ ।
निजी विद्यालयको व्यवस्थापन र सञ्चालन, ईसीडी र शिक्षकका माग मुद्दा बढी पेचिलो बनेको थियो ।
गत वैशाख १७ गते शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । ऐन माग गर्दै शिक्षकहरूले चैत २० देखि २९ दिनसम्म शैक्षिक हड्ताल गरेर आन्दोलन गरेका थिए ।
प्रतिक्रिया 4