+
+
Shares

निजी विद्यालयलाई रोक्न सक्ने स्थिति छैन : सांसद विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद छविलाल विश्वकर्माले निजी विद्यालयलाई रोक्न सकिने स्थिति नभएको बताए।
  • उनीहरूले निजी विद्यालयको योगदानलाई अवमूल्यन गर्न नहुने र नियमन प्रभावकारी बनाउन आवश्यक रहेको बताए।
  • समितिले विधेयक भोलिसम्म पारित गर्न तयारी गरिरहेको छ।

१२ असार, काठमाडौं । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई रोक्न सकिने स्थिति नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, सूचना तथा प्रविधि समितिमा बोल्ने क्रममा सांसद विश्वकर्माले निजी विद्यालयको भूमिकालाई अवमूल्यन गर्न नहुने बताए ।

‘तत्काल जुन प्रकृतिको विद्यालय हेर्दा एकातिर सार्वजनिकको गुणस्तर बनाउनु पर्नेछ । सँगै निजी विद्यालय छन्,’ उनले भने, ‘उनीहरूको योगदान छ । अवमूल्यन गर्न मिल्दैन । रोक्न सक्ने स्थिति छैन ।’
साथै, उनले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै जाँदा निजी विद्यालय आफैं कम हुँदै जाने तर्क गरे ।

‘निजी लगानीको विषयमा विषयमा हेक्का राख्नुपर्ने छ । सामुदायिकको गुणस्तर सुधार भए निजी कम हुँदै जान्छ,’ विश्वकर्माले भने, ‘नियमनलाई प्रभावकारी बनाउने आवश्यकता छ । गुठिमा रुपान्तरण गर्न प्रेरित गर्नुपर्छ । धेरै दबाबको बीच काम गर्दै आउदै छौँ ।’

समितिले भोलिसम्म विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?