+
+
Shares

‘पीआर’को टिजर : अस्ट्रेलियामा नेपाली विद्यार्थीको संघर्षको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’को टिजर सार्वजनिक भयो, जसले अस्ट्रेलियाको नेपाली डायस्पोराको कथा समेट्छ।
  • निर्देशक शोभित बस्नेतको यस फिल्ममा नयाँ कलाकारहरूले अभिनय गरेका छन् र अस्ट्रेलियामा छायांकन गरिएको हो।
  • फिल्म असारको अन्त्यदेखि अस्ट्रेलिया र न्यूजिल्याण्डमा रिलिज हुनेछ र दशैंको समयमा विश्वव्यापी प्रदर्शन हुने छ।

काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर : पर्मानेन्ट रेसिडेन्ट’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ ।

अष्ट्रेलियाको नेपाली डायस्पोराको कथा समेटिएको फिल्मले स्थायी बसोबास अनुमति पत्र (पीआर) पाउन विद्यार्थीले संघर्ष गर्दागर्दै कसरी समय, परिवार, सम्बन्ध पछि पर्छन् भन्ने समेटिएको छ ।

पीआरको लागि गाँसिएको सम्बन्ध स्वार्थपूर्ण सम्बन्ध, यसले परिवारमा ल्याउने कलह, पैसा कमाउनको लागि गरिने संघर्षको कथा यसमा छ । सपना देखेर अस्ट्रेलियामा पुगेर नेपालीले गरिरहेको यथार्थ घटनाक्रमलाई समेटिएको जनाइएको छ ।

पीआर भन्दाभन्दै अस्पतालको बेडमा पुगेर जीवन सकिएको दृश्य निकै मर्मस्पर्शी लाग्छ । त्यसकारण टिजर मर्मस्पर्शी र सन्देशमूलक छ । शोभित बस्नेत निर्देशित फिल्ममा सबै नयाँ कलाकारले अभिनय गरेका छन् भने अस्ट्रेलियामा छायांकन गरिएको छ ।

फिल्मको प्रदर्शन चाँडै हुने जनाइएको छ । फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायलको अभिनय छ ।

विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खडका, दिक्पाल कार्की उत्तम केसीले अभिनय गरेका छन । रन्जित शाह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा पनि निर्देशक बस्नेतले लेखेका हुन् ।

प्रदीप दाहाल र लक्ष्मण सापकोटा छन् । यो फिल्म असारको अन्त्यबाट अस्ट्रेलिया र न्यूजिल्याण्डमा रिलिज हुनेछ । दशैं छेकोमा विश्वब्यापी रिलिज गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?