+
+
Shares

प्रधानमन्त्रीको स्पेन भ्रमण तालिकाः आधा घन्टा सान्चेजसँग, स्पेनी व्यवसायीलाई सम्बोधन

प्रधानमन्त्री ओलीले जुलाई २ तारिख (बुधबार) साँझ स्पेनी व्यवसायीहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व रहनेछ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ असार १३ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणका लागि उच्चस्तरीय टोलीसहित १३ असारमा म्याड्रिड आउन लागेका हुन्।
  • उनले ३० असारमा सेभियामा स्पेनी समकक्षी पेद्रो सान्चेजसँग भेट गर्ने र विभिन्न भेटवार्ताहरू गर्ने कार्यक्रम तय भएको छ।
  • भ्रमणमा सचिवस्तरीय बैठक, सम्झौता र व्यवसायिक कार्यक्रमहरू समेत आयोजना हुनेछन्।

१३ असार, बार्सिलोना । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली स्पेन भ्रमणमा आउन लागेको छ।

संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन आउन लागेका हुन्।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहनेछ।

स्पेनस्थित नेपाली राजदूतावास म्याड्रिडका अनुसार भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको छ। प्रधानमन्त्री ओलीसहितको टोली जुन २८ तारिख बिहान कतार एयरवेजमार्फत म्याड्रिड आइपुग्नेछ र सोही दिन दिउँसो रेलमार्फत सेभिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीस्तरीय भेटवार्ता सेभियामा

नेपाली राजदूत शनिल नेपालका अनुसार प्रधानमन्त्री ओली र स्पेनी समकक्षी पेद्रो सान्चेजबीच जुन ३० तारिख साँझ ५:३० बजे सेभियामा आधा घण्टाको भेटवार्ता हुने कार्यक्रम तय भइसकेको छ।

त्यसका अतिरिक्त, प्रधानमन्त्री ओलीको इजिप्ट र पोर्चुगलका राष्ट्रप्रमुखहरूसँग पनि भेटवार्ता हुने सम्भावना रहेको राजदूत नेपालले जानकारी दिए।

‘स्पेनमा आवासीय नेपाली दूतावास स्थापना (सन् २०१८) भएको सात वर्षपछि दुई देशका प्रधानमन्त्रीबीच हुने यो पहिलो उच्चस्तरीय भेट हो,’ राजदूत नेपालले अनलाइनखबरसँग भने, ‘दुईपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरेका छौं। पर्यटन, व्यापार र लगानीमा सहयोग विस्तार हुने अपेक्षा गरेका छौं।’

सचिवस्तरीय बैठक र सम्भावित सम्झौता

उनका अनुसार भ्रमण अवधिमा सचिवस्तरीय बैठक समेत हुने कार्यक्रम तय भएको छ। सो बैठकमा के विषयमा सम्झौता हुने हो भन्नेबारे पछि औपचारिक जानकारी गराइने उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जुलाई २ तारिख (बुधबार) साँझ स्पेनी व्यवसायीहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व रहनेछ।

त्यसमा खेलकुद, पूर्वाधार, यातायात (विशेष गरी स्पेनी रेल क्षेत्र), कृषि क्षेत्रलगायतका कम्पनी तथा क्षेत्रका प्रतिनिधिहरूको सहभागीता रहनेछ।

‘कार्यक्रमले दुई देशबीच ‘बिजनेस टु बिजनेस’ अन्तरक्रिया आरम्भ गराउने अपेक्षा गरिएको छ। लगानीमैत्री वातावरण निर्माण हुने र नेपालप्रति आकर्षण बढ्ने विश्वास लिएका छौं,’ राजदूत नेपालले भने।

प्रधानमन्त्री ओली सेभियामा जुन २९, ३० र जुलाई १ तारिख बस्ने कार्यक्रम छ । जुलाई २ मा सम्मेलनका केही सत्रहरूमा सहभागी भएर म्याड्रिड फर्कने र जुलाई ३ तारिख साँझ नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकोछ। त्यसपछि प्रधानमन्त्री ओली स्वदेश फर्किनेछन्।

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?