+
+
Shares

‘शाम्बाला’ देखाउँदै ‘नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५’ मेरिल्याण्डमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५ मेरिल्याण्डको एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट सिनेमामा आयोजना भयो।
  • फेस्टिभलमा ‘शाम्बाला’, ‘राजागञ्ज’, ‘भूठान’ लगायत ३१ फिल्म प्रदर्शन भए।
  • अभिनेता हरिवंश आचार्य विशेष पाहुनाका रुपमा सहभागी भए।

मेरिल्याण्ड (अमेरिका) । ‘नेपाल अमेरिका फिल्म फेस्टिभल २०२५’ सुरु भएको छ । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ देखाउँदै यसवर्षको फेस्टिभल संस्करण सुरु भयो ।

मेरिल्याण्डको एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट सिनेमामा आयोजना हुने फेस्टिभल जुन २६ देखि २९ सम्म संचालन हुनेछ ।

‘शाम्बाला’ स्क्रिनिङपछि निर्देशक भामले दर्शकसँग अन्तक्रिया गरे । बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट भएर इतिहास रचेको यो फिल्मले नेपाल प्रदर्शनमा पनि उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो ।

लाइनअपमा दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायतका फिल्म छन् । महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीसहित १५ देशका कथानक, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन् ।

महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ । ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुने जनाइएको छ ।

ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ : द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरि दुई फिल्म प्रदर्शन हुनेछन् ।

सुविना श्रेष्ठ निर्देशित अन्तराष्ट्रिय महोत्सवमा प्रशंसा भएको वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवमा प्रदर्शन हुनेछन् । प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको फिल्म ‘अ क्रिष्टमस बोनस’ लगायतका फिल्म डीएमभी-क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।

नेपाल-अमेरिका फिल्म सोसाइटीले वर्षेनी फेस्टिभल आयोजना गर्दै आएको छ । सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले यसवर्षको संस्करणलाई भव्य तुल्याइने बताए ।

यसवर्षको संस्करणमा अभिनेता हरिवंश आचार्य विशेष पाहुनाको रुपमा सहभागी छन् । ‘भूठान’को प्रदर्शनपछि हरिवंशले दर्शकसँग अन्तक्रिया गर्ने महोत्सव प्रमुख बराइलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?