+
+
Shares

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १७:११
Photo Credit : RSS

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानसेनापति अशोकराज सिग्देलले गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरे।
  • केसीलाई असार ९ गते बढुवा गरी उपरथी बनाइएको हो।
  • उनी अहिले पूर्वी पृतनापतिको जिम्मेवारीमा छन्।

१३ असार, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा भएका उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गरेका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थिए ।

पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?