+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘मिस नेपाल नर्थ अमेरिका’का १९ फाइनलिस्ट घोषणा, फिनाले २ अगस्टमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते २१:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ले १९ जना फाइनलिस्टको नाम घोषणा गरेको छ।
  • आयोजक संस्था ड्रीम्स युनिभर्सलले प्रतियोगिताको ग्राण्ड फिनाले २ अगस्ट २०२५ मा न्यूयोर्कमा आयोजना गर्ने जनाएको छ।
  • विजेताले मिस नेपालमा सीधै प्रवेश पाउनेछन् र कार्यक्रम भव्य बनाउन लागिपरेको आयोजकले बताएका छन्।

न्यूयोर्क (अमेरिका) । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ले १९ जना फाइनलिस्टको नाम घोषणा गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोजक संस्था ड्रीम्स युनिभर्सलले यसबारे जानकारी दिएको छ ।

आर्या आचार्य (पेन्सिलभेनिया), अमिसा भण्डारी (न्यूयोर्क), आर्या कोइराला (टेक्सास), बिना श्रेष्ठ (जर्जिया), दीपा गुरुङ (कोलोराडो), दीया श्रेष्ठ (न्यूजर्सी), हारा सुवेदी (न्यूयोर्क), कृष्मा सुवेदी (टिनिस), कुस्मिता खड्का (टेक्सास), कुसुम तिमल्सिना (टेक्सास) फाइनलिस्ट बनेका छन् ।

साथै, मिङ्मा वाई शेर्पा (कोलोराडो), मुना विष्ट (टेक्सास), नवीना लिम्बु (न्यूयोर्क), प्रतिमा श्रेष्ठ (टेक्सास), सब्बु बजिमय (भर्जिनिया), संस्कृति पाण्डे (कनेक्टिकट), सरिता तामाङ (न्यूयोर्क), स्नेह उपखेती (टेक्सास) र सुस्जिता पौडेल (मिनेसोटा) फाइनलिस्ट बनेका छन् ।

आयोजक संस्थाका प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले २ अगस्ट, २०२५ मा न्यूयोर्कस्थित मेलरोज बलरुममा आयोजना हुनेछ । मिस नेपाल नर्थ अमेरिका नेपालमा आयोजना हुने मिस नेपालको भगिनी पेजेन्ट पनि हो ।

यो प्रतियोगिताको विजेताले मिस नेपालमा सीधै प्रवेश पाउनेछन् । ‘यसवर्षको संस्करणलाई भव्य तुल्याउन हामी लागिपरेका छौं’ आयोजक प्रमुख श्रेष्ठले न्यूयोर्कबाट अनलाइखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?