
१४ असार, काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ ।
शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो ।
७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् ।
पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् ।
सो अवसरमा उनलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4