+
+
Shares

रास्वपालक्षित रामहरिको आरोप- सुमिरे टूर एन्ड ट्राभल्स कसको ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद्‌मा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपा सांसदहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे।
  • उनीहरूले भिजिट भिसामा विदेशी यात्रामा पारदर्शी नभएको र सांसदहरूका बीच भ्रष्टाचारको आशंका व्यक्त गरे।
  • खतिवडाले निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै संसद्‌मा आरोप लगाए।

१४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।

रास्वपाका सांसदहरूले भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय उठाएर संसद्‌मा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएको छ ।

उनीहरू प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उठेर विरोध गर्छन् । सभामुखले समय दिए बोल्छन् र आफ्ना कुरा राखेर वेलमा नारा लगाउन पुग्छन् ।

रास्वपाका सांसदहरूको यस्तो व्यवहारप्रति कांग्रेस सांसद खतिवडाले असन्तुष्टि जनाएका हुन् ।

‘सभामुखले समय दिएपछि आफ्ना कुरा राख्ने र अरु सांसदले कुरा राख्न थाले भने नारा लगाउने प्रक्रिया पनि संसदमा जारी छ । त्यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु,’ शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले भने ।

साथै, कांग्रेस सांसद खतिवडाले ‘सुमिरे टूर एन्ड ट्राभल्स’ले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई पठाउँदै आएको भनेर यो विषय पनि संसद्मा उठाएका छन् । सुमिरे टूर एन्ड ट्राभल्स रास्वपा निकट एक नेताको रहेको स्रोतको दाबी छ ।

‘सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ?’ खतिवडाले भने, ‘विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मान्छे पठाएर अर्बौँ पैसा त्यहाँबाट लिएर संसद्‌मा प्रतिनिधित्व गर्ने र संसद्‌मा सांसद किनेर पार्टीमा प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ ।’

यस्तो कार्यमा संलग्न रहेकाहरूबाट संसद्मा आएर उफ्रिने काम भएको भनेर उनले निष्पक्ष छानबिन भएर कारबाहीको दायरामा आउनुपर्ने माग राखे ।

सांसद खतिवडाले भनेका छन्, ‘तिनै मान्छेहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको छ । यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?