+
+
Shares

२५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे रास्वपामा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते ११:२१

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल चलेको छ ।

रास्वपामा विधानत: १२१ सदस्य केन्द्रीय सदस्य हुने भनिएको छ । तर, हाल ६७ जना मात्रै रहेका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य थप्ने प्रस्तावबारे छलफल भएको पुष्टि गरे । ‘अहिले रास्वपाका जोडिन चाहने धेरै हुनुहुन्छ । महाधिवेशन ८/९ महिना बाँकी नै छ । त्यतिन्जेलसम्म रास्वपामा जोडिन चाहनेलाई कुनै जिम्मेवारी दिन सकिन्छ कि भन्ने छलफल चलेको छ’, झाले भने ।

तर, यो विषय केवल प्रस्तावको रुपमा मात्रै रहेको उनले बताए ।

रास्वपाका अर्का एक नेताका अनुसार अरु दलमा जिम्मेवारीमा बहाल रहेका र पूर्वसांसद समेत जोडिन खोजेका छन् । यस्तोमा केन्द्रीय सदस्यसम्मको जिम्मेवारी दिन सकिन्छ कि भने छलफल चलेको छ ।

२७ चैत २०८१ मा बसेको रास्वपा सचिवालय बैठकमा यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक यही असार १४ गते बसेको रास्वपाको संसदीय दलको बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो ।

कतिपयले भने महाधिवेशन नजिकिएले केन्द्रीय सदस्यको संख्या नथप्ने कि भन्ने राय प्रकट गरेका छन् ।

रास्वपाले आगामी फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?