+
एएफसी महिला एसियन कप छनोट :

लाओसविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, एन्जिला बेन्चमा, *साम्बा कप्तान

२०८२ असार  १५ गते १७:१७ २०८२ असार १५ गते १७:१७
लाओसविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, एन्जिला बेन्चमा, *साम्बा कप्तान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला टोलीले आज उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा लाओससँग पहिलो पटक खेल्नेछ।
  • खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ र टोलीको कप्तानमा रेनुका नरकोटे छन्।
  • नेपालले यस खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ र समूह एफमा रहेको छ।

१५ असार, काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु भएको एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा लाओससँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।

टोलीको *कप्तानमा साबित्रा भण्डारी ‘साम्बा’ छन् । गोलकिपर अन्जना रानामगर छन् । त्यस्तै सरस्वती हमालले डेब्यू गरेकी छन् । डिफेन्समा समीक्षा घिमिरे, पुजा राना र निशा थोकर छन् ।

मिडमा सरु लिम्बु, रेनुका नगरकोटे, सरस्वतीसँगै सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् । यसअघि नियमित खेल्दै आएका रेखा पौडेल, प्रीति राई र एन्जिला सुब्बा पहिलो रोजाइमा नै परेनन् ।

खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको यस खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्न चाहन्छ । ऐतिहासिक खेलमा नेपाली खेलाडीहरू पनि उत्साहित छन् ।

महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १००औं तथा लाओस १०७औं स्थानमा छन् ।

यस्तै नवनियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा दुई दशकको अनुभव भइसकेपनि उनले पूर्ण रुपमा कुनै पनि राष्ट्रिय टिमको सिनियर टिमको प्रशिक्षण सम्हालेको यो पहिलो पटक हो ।

छनोटको समूह एफमा रहेको नेपालसहित घरेलु टोली उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । श्रीलंकासँग ८ खेलमा नेपाल अपराजित छ भने उज्बेकिस्तानलाई हराउन सकेको छैन । उज्बेकिस्तान सबैभन्दा बलियो टोलीका रूपमा छ ।

समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

*यसअघि एन्फाले कप्तानी रेनुकाले गर्ने जनाएको थियो । तर खेलको सुरुमा सावित्रा भण्डारी आर्मब्याण्ड लगाएर नेपालको कप्तानी गर्न पुगेकी हुन् ।

एएफसी महिला एसियन कप छनोट नेपाली महिला फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय