+
+
Shares

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः प्रमुख सचेतक पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १७:२६
Photo Credit : News Agency Nepal

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले व्यक्तिको चाहनालाई नकार्न नसकिने बताएका हुन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेको बारे प्रश्न सोधिएको थियो ।

प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सकेको व्यक्ति भएपनि आफ्नो चाहनालाई नकार्न नसकिने बताए । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको उनको तर्क थियो ।

उनले भने, ‘सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्तिको आफ्नो चाहना हो, संविधानले कतै रोकेको जस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो ।’

भण्डारी एमालेको राजनीतिमा सक्रिय भइहाल्दैमा वाम एकता भइहाल्छ भन्ने आफूलाई नलागेको उनले बताए ।

‘कम्युनिष्टहरुका बीचमा एकता हुनुपर्छ । सबै बलियो हुनुपर्छ । एकताबद्ध हुनुपर्छ भन्ने सैद्धान्तिक कुरा त छँदैछ,’ उनले भने, ‘हिजो एउटा कार्यक्रममा पूर्वराष्ट्रपतिले जसरी विषयवस्त राख्नुभएको छ त्यसले वाम एकता भइहाल्छ भन्नेकुरा मलाई लागिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?