+

राष्ट्रिय टोलीबाट सरस्वती हमालको डेब्यू

२०८२ असार  १५ गते १७:३७ २०८२ असार १५ गते १७:३७
राष्ट्रिय टोलीबाट सरस्वती हमालको डेब्यू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरस्वती हमालले उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको एएफसी महिला एसियन कप छनोट खेलमा डेब्यू गरेकी छन्।
  • नेपालको टोलीमा १० जना एपीएफ क्लबका खेलाडी छन् र टोलीमा व्यापक परिवर्तन गरिएको छ।
  • खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।

१५ असार, काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु भएको एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओससँगको खेलबाट सरस्वती हमालले डेब्यू गरेकी छन् । घरेलु फुटबलमा सरस्वतीले एपीएफ क्लबबाट खेल्दै आएकी छन् ।

प्रशिक्षक प्याट्रिक डे वाइल्डले सार्वजनिक गरेको सुरुवाती ११ मा सरस्वतीले स्थान बनाएकी हुन् । नेपालको टोलीमा व्यापक परिवर्तन गरिएको छ । टोलीमा १० जना एपीएफबाट खेल्ने खेलाडी छन् ।

यसअघि नियमित खेल्दै आएका रेखा पौडेल, प्रीति राई र एन्जिला सुब्बा पहिलो रोजाइमा नै परेनन् । टोलीको कप्तानमा रेनुका नगरकोटे छन् । गोलकिपर अन्जना रानामगर छन् । डिफेन्समा समीक्षा घिमिरे, पुजा राना र निशा थोकर छन् ।

मिडमा सरु लिम्बु, रेनुका, सरस्वतीसँगै सबिता रानामगर, अनिता बस्नेत छन् भने फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ छन् । समीक्षा बाहेक सबै एपीएफका खेलाडी हुन् ।

खेल उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

नेपाली महिला फुटबल टोली सरस्वती हमाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय