+
+
Shares

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजुबाट पक्राउ

बसपार्क क्षेत्रबाट हत्कडीसहित फरार थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाही पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका निराजनजंग ठकुरी पक्राउ परेका छन्।
  • उनी चोरी कसुरमा अदालतबाट फरार भएका थिए र ट्वाइलेट जाने निहुँमा भागेका थिए।
  • पक्राउ परेका ठकुरी पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ का हुन्।

१५ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन् ।

बसपार्क क्षेत्रबाट हत्कडीसहित फरार थुनुवा निराजनजंग ठकुरी भन्ने दशरथ शाही पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय उनी आइतबार अदालतबाट फरार भएका थिए ।

उनी चोरी कसुरमा पक्राउ परेका व्यक्ति हुन् । प्रहरी वृत सोह्रखुट्टेमा रहेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।

अदालतको ४ नम्बर इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?