
News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुम पावर कम्पनीले ४० लाख हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
- जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीलाई आवेदन दिन अनुरोध गरेको छ।
- कम्पनीले गत चैत मसान्तसम्म २ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ।
१६ असार, काठमाडौं । तेह्रथुम पावर कम्पनीको शत प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको छ । जेठ ४ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ । आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ ।
हकप्रद सेयर निष्कासन गरेको यो कम्पनीले गत चैत मसान्तसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३६ पैसा छ । बजार मूल्य प्रतिकित्ता ४१० रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4