+
+
Shares

समिति बैठक रोकेर शिक्षा मन्त्रालयमा शिक्षकसँग वार्ता

मन्त्रालयमा भएको वार्तामा ७५/२५ हुनेपर्ने अडान शिक्षकले राखेका छन् । समिति बैठक रोकेर मन्त्रालयले शिक्षकसँग छलफल गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १२:४७

१६ असार, काठमाडाैं । विद्यालय शिक्षा विधेयकको छलफल रोकेर शिक्षा मन्त्रालयमा शिक्षकका नेतासँग छलफल चलिरहेको छ ।

बिहान साढे ८ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएकोमा अझै सुरु हुन नसकेको हो ।

मन्त्रालयमा जारी छलफलमा शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस साही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरि, एकीकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्ष शंकर अधिकारी लगायतको टोली सहभागी छन् ।

शिक्षक महासंघलाई ६०/४० मान्न शिक्षा मन्त्रालयले गरेको प्रस्ताव शिक्षकले मानेका छैनन् । मन्त्रालयमा भएको वार्तामा ७५/२५ हुनेपर्ने अडान शिक्षकले राखेका छन् । समिति बैठक रोकेर मन्त्रालयले शिक्षकसँग छलफल गरेको हो ।

शिक्षकसँगको छलफलपछि समिति बैठक बसेर विधेयक पास गर्ने तयारी मन्त्रालयले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?